Logo

लक्ष्मी बैंकले वार्षिकोत्सवमा ब्राण्ड फिल्म निमार्णका लागि क्राउडसोर्सिङ प्रतियोगिता गर्ने

लक्ष्मी बैंकले वार्षिकोत्सवमा ब्राण्ड फिल्म निमार्णका लागि क्राउडसोर्सिङ प्रतियोगिता गर्ने



काठमाडौं । लक्ष्मी बैंकले आउँदो २० औं वार्षिकोत्सवमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि निर्माता तथा एजेन्सीहरूका लागि क्राउड सोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । सो प्रतियोगिताको विजेताले बैंकको ब्राण्ड फिल्म निर्माणका लागि रु.२० लाखको ठेक्का पाउने भएका छन् ।

laxmi

यो प्रतियोगिता बैंकको पाँच मूल्य मान्यताहरुमा आधारित रहेको छ । सम्बन्धहरु, अन्वेषकहरु, टिमवर्क, जिम्मेवार र प्रगतिशील जसको आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको बैंकको दाबी छ । सबै प्रतियोगी इन्ट्रीहरुलाई एक्स्पर्ट प्यानलद्धारा प्राविधिक र रचनात्मक दुवै पक्षलाई मध्यनजर गर्दै मूल्याङकन गरिने बैंकले जनाएको छ ।

यो प्रतियोगिता बैंकको क्राउडसोर्सिङमा आधारित तेस्रो प्रतियोगिता हो । यसअघि बैंकले २०१८ मा ‘माइ कार्ड आइडिया’ र २०२० मा ‘माइ मोबाइल मनी’ भिडियो प्रतियोगिता गरिरसकेको छ । बैंकले यस्ता रचनात्मक प्रतिभालाई क्रियाशील बनाई विविध अभियानमा संलग्न हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL