Logo

सानिमा बैंकको तीन नयाँ शाखा सञ्चालन, सेवामा सहज पहुँच विस्तारको लक्ष्य

सानिमा बैंकको तीन नयाँ शाखा सञ्चालन, सेवामा सहज पहुँच विस्तारको लक्ष्य



काठमाडौं । सानिमा बैंक लिमिटेडले तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको समुद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुनले गरेकी हुन् ।

यसैगरी बर्दिबास–१, महोत्तरीस्थित बर्दिबास शाखाको समुदघाटन बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्की र गोदावरी नगरपालिका–१, अत्तरियास्थित अत्तरिया शाखा गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले संयुक्त रुपमा गरेका हुन् ।

समारोहमा मेयर पुन, कार्की र साउद र अध्यक्ष देवकोटाले सानिमा बैंकलाई आफ्नो क्षेत्रमा बैंक शाखा पुगेको र कोभिड १९को जोखिम न्यूनीकरण गर्न सुरक्षा सावधानीका उपायहरु अपनाएर व्यवस्थित गरेकोमा कृतज्ञता व्यक्त गरेका छन् । बैंकले पनि यी शाखाहरु संचालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच हुने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL