Logo

राष्ट्रिय वाणिज्य बैंकका २७३ कर्मचारीमा कोरोना संक्रमण, देशभरका १४ शाखा बन्द

राष्ट्रिय वाणिज्य बैंकका २७३ कर्मचारीमा कोरोना संक्रमण, देशभरका १४ शाखा बन्द



काठमाडौं । पछिल्लो समय फैलिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण राष्ट्रिय वाणिज्य बैंकका १४ शाखाहरु बन्द गर्नुपरेको छ । नेपालभरीका शाखाका २ सय ७३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि १४ शाखाहरु बन्द गर्नुपरेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिए ।

बैंकको ५७ औं बार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपालभर २ सय ५८ शाखा कार्यालयमध्ये १४ ओटा शाखा कार्यालयहरु बन्द गर्नुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL