Logo

आयात कर्जालाई निरुत्साहित गर्दै उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन अर्थमन्त्रीको निर्देशन

आयात कर्जालाई निरुत्साहित गर्दै उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन अर्थमन्त्रीको निर्देशन



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुलाई आयात र व्यापारमा भन्दा पनि उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन निर्देशन दिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५७ औं बर्षिकोत्सव समारोहमा बोल्दै अर्थमन्त्री शर्माले उत्पादनमुलक क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् ।

laxmi

कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बढ्दै गएको आयात र यसले निम्त्याएको वैदेशिक मुद्रा संचितिको गिरावटलाई कम गर्न उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका हुन् । ‘राष्ट्रिय वाणिज्य बैंकले कृषि, औद्योगिक, पर्यटन, जलविद्युतलगायतका क्षेत्रमा हाल प्रवाह गरिरहेको कर्जामा थप ५ प्रतिशतले वृद्धि गर्ने विश्वास लिएको छु,’ उनले भने, ‘यसले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक असर पार्नेछ ।’

यस्तै उनले अबका दिनमा उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनका लागि योजना बनाएरै अघि बढ्नुपर्नेसमेत बताएका छन् । उनका अनुसार पछिल्लो समय नेपालमा उत्पादित वस्तुहरुको परिमाणमा गिरावट आउँदा आयात ह्वात्तै बढेकाले पनि उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्ने बाध्यता आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL