Logo

महालक्ष्मी विकास बैंकको नाफा ३१ प्रतिशतले बढ्यो, उक्लियो अर्बपति क्लवमा

महालक्ष्मी विकास बैंकको नाफा ३१ प्रतिशतले बढ्यो, उक्लियो अर्बपति क्लवमा



काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा बैंकले ४५ करोड ६२ लाख खुद नाफा कमाउन सफल भएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ३१.५५ प्रतिशतले बढी हो ।

laxmi

समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब १ करोड तथा कर्जा ४० अर्ब रुपैयाँ पुगेको छ । यस आर्थिक वर्ष बैंकले सञ्चालन आम्दानी तर्फ १ अर्ब १० करोड आम्दानी गरी बैंक अर्बको क्लबमा उक्लिएको छ ।

त्यसैगरि गत आर्थिक बर्षको पौष मसान्त सम्मको खुद सञ्चालन मुनाफालाई ४१ प्रतिशतले बृद्धि गरी खुद सञ्चालन मुनाफा ६८ करोड आर्जन गरेको छ । समिक्षा अवधिमा बैंकले उल्लेख्य रुपमा खराब कर्जा घटाई गत बर्षको ४ दशमलव ७९ प्रतिशतको खराब कर्जालाई २ दशमलव ८९ प्रतिशतमा झार्न सफल भएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २१ दशमलव ०५२६ प्रतिशत लाभांश प्रस्ताव गर्न सफल बैंकले समग्र वित्तीय विवरणमा उल्लेख्य प्रगती गर्दै आगामी वर्ष पनि आकर्षक लांभाश दिनतर्फ उन्मुख रहेको देखिन्छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा सञ्जाल रहेको बैंकले ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL