Logo

बैंकमाथि कडाई गर्दै राष्ट्र बैंकले तयार पार्यो वित्तीय साक्षरता मार्गदर्शन, पहिलो त्रैमासमै कार्ययोजना पेस गर्नुपर्ने

बैंकमाथि कडाई गर्दै राष्ट्र बैंकले तयार पार्यो वित्तीय साक्षरता मार्गदर्शन, पहिलो त्रैमासमै कार्ययोजना पेस गर्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन–२०७८ तयार पारेको छ । बैंक तथा वित्तीय संस्थाले वित्तीय साक्षरतामा आफ्नो आम्दानीको १ प्रतिशत रकम खर्च गर्नुपर्ने भएपनि सोहीअनुरुप कार्यान्वयन नभएपछि राष्ट्र बैंकले त्यसलाई कडाई गर्दै मार्गदर्शन नै तयार पारेको हो ।

नयाँ मार्गदर्शन अनुसार अबका दिनमा बैंक तथा वित्तीय संस्थाले के–कस्ता क्षेत्रमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गर्ने हो सो सम्बन्धमा कार्ययोजना बनाई आर्थिक बर्षको पहिलो त्रैमासमै राष्ट्र बैंक समक्ष पेश गर्नुपर्ने छ । यस्तै वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरुको नियमित आन्तरिक रुपमा मुल्यांकन गर्दै यस्तो मूल्याङ्कन प्रतिवेदनमाथि संस्थाको सञ्चालक समितिले वार्षिक रूपमा छलफल गरी संस्थाको गतिविधिको समीक्षासहित वार्षिक रूपमा दोस्रो त्रैमासभित्र नेपाल राष्ट्र बैंकमा पठाउनु पर्नेछ । साथै इजाजतपत्रप्राप्त संस्थाले अर्धवार्षिक रूपमा (साउन र माघ महिनामा) अनुसूची ३ बमोजिमको ढाँचामा तथ्याङ्क नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्नुपर्नेछ ।

साथै त्यसरी तयार गरिने वित्तीय सचेतना तथा साक्षरताका कार्यक्रमहरू व्यवसाय विस्तार वा व्यापारिक मनसायले नभई सामाजिक उत्तरदायित्वको भावनाले प्रेरित हुनुपर्नेछ । मार्गदर्शन अनुसार बैंकहरुले वित्तीय साक्षरता कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय कार्यालयमा वित्तीय साक्षरताको कार्य गर्ने इकाई वा कुनै इकाईलाई सोको जिम्मेवारी तोकिएको हुनु पर्नेछ । उक्त इकाईले वित्तीय साक्षरतासम्बन्धी वार्षिक कार्ययोजना बनाई स्थानीय तथा प्रादेशिकस्तरमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । साथै वार्षिक कार्ययोजनामा वित्तीय साक्षरताका लागि तयार गरिएका कार्यक्रमको विवरण, समय तालिका एवं कार्यक्रम सञ्चालनमा लाग्ने लागतसमेत अनुमान गर्नुपर्नेछ ।

यसैगरी मार्गदर्शनले आम्दानीको आधारमा ग्राहकको समेत वर्गीकरण गरेको छ । जसअनुसार नियमित आम्दानी प्राप्त गर्ने (रोजगार), निश्चित आम्दानी नभएका (कृषक, साना उद्यमी), विद्यार्थी (माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थी), महिला र विप्रेषण प्रापक रहेका छन् ।

[googleapps domain=”drive” dir=”file/d/1k8Ta4nrXG0d8J-Qtq2pJnTLyxXat0su2/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL