GBIME

ज्योति विकास बैंकद्वारा देशका थप ४ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान


बिजखबर संवाददाता
12 January, 2022 3:27 pm

काठमाडौँ । ज्योति विकास बैंकले प्युठानको भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र, बाँकेको महादेवपुरी स्वास्थ्य चौकी,बर्दिया जिल्ला अस्पताल र जाजरकोटको स्वास्थ्य सेवा कार्यालय गरि थप ४ ठाउँमा राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ। बैंकले यी विभिन्न अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो ।

Laxmi
NABIL
Yamaha

अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरुबाट भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र, महादेवपुरी स्वास्थ्य चौकी बाँके, बर्दिया जिल्ला अस्पताल र जाजरकोट स्वास्थ्य सेवा कार्यालयका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बिच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो। साथै सोहि कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट स्वर्गद्वारी नगरपालिका भिंग्री, प्युठान स्थित प्राथमिक स्वास्थ्य केन्द्र, राप्ती सोनारी गाउँपालिका ९ बाँके स्थित महादेवपुरी स्वास्थ्य चौकी, गुलरिया नगरपालिका ६ स्थित बर्दिया जिल्ला अस्पताल र भेरी नगरपालिका ३ स्थित स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन्।

sarbottam

बैंकले हाम्रो विकास प्रवर्द्धन कोष मार्फत् न्यानो नानी परियोजना २ अन्तर्गत हालसालै लिपानिबिर्ता स्वास्थ्य चौकी,परवानीपुर, हेटौडा अस्पताल,बेतिनी सामुदायिक स्वास्थ्य चौकी फापरबारी, चन्द्रनिगाहपुर अस्पताल चन्द्रनिगाहपुर र इनरुवा अस्पताल,सुनसरीलाई एक/एक थान बेबी वार्मर प्रदान गरि ५ वटा बेबी वार्मर प्रदान गरिसकेको छ।  

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आइरहेको छ। 

बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा डाक्टर महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा न्यानो नानी बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका  अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको न्यानो नानी परियोजना-२ को लागि सहयोग प्रदान गरेको थियो। 

ज्योति विकास बैंकले हाल १०८ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।                                       

प्रतिक्रिया दिनुहोस्

NTC
MBL