Logo

निक्षेपमा ब्याजदर वृद्धिको प्रभाव : माघमा बैंकको बेसरेट साढे १ प्रतिशतसम्म बढ्ने

निक्षेपमा ब्याजदर वृद्धिको प्रभाव : माघमा बैंकको बेसरेट साढे १ प्रतिशतसम्म बढ्ने



काठमाडौं । माघ महिनामा बैंकहरुले कर्जाको ब्याजदर बढाउने भएका छन् । पछिल्लो समय बैंकहरुले महंगोमा निक्षेप संकलन गर्न थालेसँगै बैंकको आधारदर (बेसरेट) बढन् पुगेको हो । बाणिज्य बैंकहरुले पुस महिनामा १० प्रतिशतभन्दा माथि गएर मुद्दती निक्षेप उठाएका थिए भने साधारण बचतमा पनि बढी ब्याज प्रदान गरेका थिए ।

laxmi

सोहीअनुरुप माघका लागि लागू गरिने वेसरेट बैकअनुसार ०.५ प्रतिशतदेखि १.५ प्रतिशतसम्म बढ्ने एक बैंकका उच्च अधिकारीले जानकारी दिए । ‘सबैजसो बैंकले पुस ३० गतेसम्म माघ महिनाका लागि आधारदर प्रकाशित गर्नेछन्,’ ती अधिकारीले भने, ‘जसअनुसार न्यूनतम ०.५ देखि अधिकतम १.५ प्रतिशतसम्म बढ्ने देखिएको छ ।’

बैंकको वेसरेट बढेसँगै बैंकहरुले कर्जाको व्याजदर पनि सोहीअनुरुप वृद्धि गर्नेछन् । जसअनुसार माघदेखि कर्जाको ब्याजदर पनि डेढ प्रतिसम्म बढ्ने छ । पछिल्लो समय उच्च तरलता अभाव भएसँगै बैंकहरुले बढी ब्याज दिएर निक्षेप संकलन गर्दै आएका छन् ।

बैंकहरुले निक्षेप तान्नका लागि आफुखुशी उच्च ब्याज दिँदै अस्वस्थ्य प्रतिस्पर्धा गरेपछि राष्ट्र बैंकले लगाम लगाइदिएको थियो । तर, राष्ट्र बैंकले रेमिटान्स मार्फत आउने रकमलाई बचतमा राख्न प्रोत्साहन गर्न त्यस्ता बचतमा थप १ प्रतिशतसम्म बढी ब्याज दिन सकिने व्यवस्था गरेको थियो । तर बैंकहरुले जसरी पनि निक्षेप संकलन गर्नका लागि नेपालभित्रै रहेको निक्षेपलाई पनि नक्कली रेमिटान्स बनाएर बढी ब्याज दिँदै उठाएका छन् । जसका कारण माघ महिनाका लागि बैंकको वेसरेट बढ्न गई कर्जाको ब्याजदरसमेत बढ्ने भएको हो ।

बैंकहरुले कुनै समय ७ देखि ८ प्रतिशतसम्ममा दिएको कर्जाको ब्याजदर तरलता संकुचन भएसँगै बढाउँदै पछिल्लो समय ११ देखि १२ प्रतिसम्म पुर्याइसकेका छन् । माघपछि कर्जाको ब्याजदर बढेर १३ प्रतिशतसम्म पुग्ने भएको हो । उद्योगी व्यवसायीले कर्जाको ब्याजदर एकल अंकमा राख्न अर्थमन्त्री तथा राष्ट्र बैंकलाई दबाब दिएपनि बैंकहरुले भने आधारदर बढेको भन्दै सोहीअनुरुप कर्जाको ब्याजदर बढाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL