Logo

बैंक अफ काठमाण्डूका ग्राहकलाई द सुशी बार मल्टी फ्युजनमा विशेष छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई द सुशी बार मल्टी फ्युजनमा विशेष छुट



काठमाडौँ – बैंक अफ काठमान्डु लिमिटेड र द सुशी बार मल्टी फ्युजन क्युइजनबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरूलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौतापश्चात् ग्राहकहरूले द सुशीमा उपलब्ध हुने सम्पूर्ण सेवाहरूमा एकमुस्ट १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्ने जनाएको छ ।

द सुशीले काठमाडौँस्थित छाया सेन्टर, ठमेलबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL