Logo

विदेशी विनिमयसम्बन्धी एकीकृत परिपत्र जारी, खाद्य र पेय पदार्थ आयातमा पूर्वस्वीकृति चाहिने (पूर्णपाठसहित)

विदेशी विनिमयसम्बन्धी एकीकृत परिपत्र जारी, खाद्य र पेय पदार्थ आयातमा पूर्वस्वीकृति चाहिने (पूर्णपाठसहित)



काठमाडौं । अब विभिन्न देशहरुबाट नेपालमा खाद्य तथा पेय पदार्थ आयात गर्दा सम्बन्धित निकायको पूर्व स्विकृति लिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले गत शुक्रबार एक परिपत्र जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

laxmi

वैदेशिक मुद्रा खर्च गरेर गरिने खाद्य पदार्थ, विभिन्न यन्त्रहरु, पुराना कपडालगायतको आयात गर्दा भौतिक पूर्वाधार मन्त्रालय, आन्तरिक राजश्व विभाग र स्वास्थ्य मन्त्रालयलगायतका निकायको पूर्व स्विकृति लिनुपर्ने उल्लेख गरिएको छ ।

राष्ट्र बैङ्कले खाद्यान्न÷अन्न तथा यसबाट तयार भएका खाद्य पदार्थ, प्रशोधित तथा अप्रशोधित तेल, घिउ, दूध तथा दूधजन्य पदार्थ, फलफूल तथा तरकारीजन्य उत्पादनलगायत आयात गर्दा पूर्वस्वीकृतिको आवश्यक पर्ने परिपत्रमा उल्लेख गरेको छ । यस्तै फ्रोजन तथा प्रशोधित माछा, मासु तथा यसका उत्पादन, दलहन, गेडागुडी, तेलहन, बदाम, ओखर, काजु, पेस्ताजस्ता खाद्य नट्समा पनि यस्तो व्यवस्था गरको छ ।

यससँगै पिउने पानी, विशेष उपयोगका खाद्य पदार्थ, शिशु आहार तथा शिशु फर्मुला खाद्य पदार्थ, बाल आधार तथा बाल फर्मुला खाद्य पदार्थ शिशु तथा बाल आहारपूरक खाद्य पदार्थ, फुड सप्लिमेन्ट, डाइटरी सप्लिमेन्ट, न्युट्रिसनल सप्लिमेन्टको आयातलाई पनि पूर्वस्वीकृति चाहिने भएको छ ।

विभिन्न पेय पदार्थ, चकलेट, चुइङगम, टफी, कोको पदार्थ, पापड भुजिया, फिङगचिप्स, दालमोठ, मिठाई, सोनपापडी काँचो तथा तयारी स्न्याक्स फुड्स खाद्यवस्तुका लागि पनि पूर्वस्वीकृति आवश्यक पर्ने विभागले जनाएको छ ।

मसला, चिया, कफी, नुन, अण्डा तथा अण्डाजन्य खाद्य पदार्थ खाद्यरङ, वासना, इमल्सिफायर, एन्टिअक्सिडेन्ट, खाद्य तथा पेय पदार्थमा प्रयोग हुने खाद्य उद्योगका अन्य सामग्री, चिनी, महलगायतका गुलियो पदार्थ अन्य विभिन्न अप्रशोधित, अर्धप्रशोधित तथा प्रशोधित खाद्य पदार्थको आयातमा कडाइ गर्दै आयातका लागि स्वीकृति आवश्यक पर्ने विभागले जनाएको छ ।

यस्ता सामग्री आयात गर्दा आयातकर्ता, निर्यातकर्ता, परिमाण र मूल्यसम्बन्धी विवरण अनुमतिपत्रमा उल्लेख भएको विवरणसँग मेल खाएको हुनुपर्ने समेत परिपत्रमा उल्लेख गरिएको छ ।

यसअघि विभिन्न १९ शिर्षकका सामाग्रीहरुमा शतप्रतिशत र ५० प्रतिशत नगद मार्जिनको व्यवस्था गरी आयातमा कडाई गरेको राष्ट्र बैंकले नेपालमै उत्पादन गर्न सकिने प्राय वस्तुमा कडाई गर्न लागेको हो ।

यस्तो छ एकीकृत परिपत्र :

[googleapps domain=”drive” dir=”file/d/1JYJDUgE9a19cJ99izcEGZNH3289aFgRc/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL