Logo

एउटैको १० प्रतिशतभन्दा बढी लगानी भएका लघुवित्तलाई फोर्सफुल मर्जर, धेरै संस्था मिलेर पनि ५१ प्रतिशतभन्दा बढी होल्ड गर्न नपाईने

एउटैको १० प्रतिशतभन्दा बढी लगानी भएका लघुवित्तलाई फोर्सफुल मर्जर, धेरै संस्था मिलेर पनि ५१ प्रतिशतभन्दा बढी होल्ड गर्न नपाईने



काठमाडौं । नेपाल राष्ट्र बैंकले १० प्रतिशतभन्दा बढी क्रसहोल्डिङ भएका लघुवित्तीय संस्थालाई फोर्सफुल मर्जरमा जान निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकले एकिकृत निर्देशन २०७७ मा संसोधन गर्दै इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी संस्थापक सेयर स्वामित्व रहेका संस्थाहरुबीच एक आपसमा गाभ्न/गाभिन वा मर्जरमा जान निर्देशन दिएको छ ।

साथै इजात प्राप्त एक भन्दा बढी क, ख र ग वर्गका बैंक वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न/गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्तसम्म राष्ट्र बैंकमा कार्ययोजना पेश गर्नुपर्ने छ ।

जस अनुसार कुनै १० ओटा बैंक तथा वित्तीय संस्था मिलेर कुनै लघुवित्तको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व होल्ड गरेको खण्डमा पनि अबमा मर्जर वा एक्विजिशनमा जानुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL