Logo

३ करोड भारुभन्दा बढीको सामान आयात गर्न एलसी अनिवार्य, विद्युतीय भन्सारमा चेक बन्देज

३ करोड भारुभन्दा बढीको सामान आयात गर्न एलसी अनिवार्य, विद्युतीय भन्सारमा चेक बन्देज



काठमाडौँ । नेपाल राष्ट्र बैंकले भारतबाट टीटी र ड्राफ्टबाट हुने आयातमा कडाई गरेको छ । राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै अबका दिनमा ३ करोड भारुभन्दा माथिको सामान आयात गर्न लसी अनिवार्य (प्रतित पत्र) अनिवार्य गरेको हो ।

laxmi

राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै एलसी, ड्राफ्ट वा टीटीमाफर्त सामान आयात गर्दा २ वा १० प्रतिशत धरौटी लिनुपर्ने व्यवस्था गरेको छ । साथै सो रकमबाट भन्सार महसुल बुझाउने प्रयोजनका लागि आयातकर्ताको अनुरोधमा चेक उपलब्ध गराउन सकिने छ । तर, विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत हुने आयातको हकमा चेक जारी गर्न नपाईने भएको छ । त्यसरी उल्लिखित धरौटी रकम भने नगदमा लिनुपर्ने छ ।

यसैगरी नेपाली नागरिक तथा नेपालमा विधिवत दर्ता भएका फर्म, कम्पनी, संघसंस्थाले भारतस्थित नियोग, संघसंस्था, कम्पनीसँग लिने विभिन्न सेवा शुल्क भुक्तानीका लागि भारु ३ लाखसम्मको सटही सुविधा वाणिज्य बैंकहरुबाट लिने सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL