Logo

बैंक अफ काठमाण्डू लिमिटेडको ‘बिओके स्मार्ट सेभिङ एकाउन्ट’, खाता खोल्नेलाई विभिन्न छुट र सुविधा

बैंक अफ काठमाण्डू लिमिटेडको ‘बिओके स्मार्ट सेभिङ एकाउन्ट’, खाता खोल्नेलाई विभिन्न छुट र सुविधा



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ‘बिओके स्मार्ट सेभिङ एकाउन्ट’ सचलनमा ल्याएको छ । उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकहरुको उच्चतम् लाभलाई मध्य नजर गर्दै ‘बिओके स्मार्ट सेभिङ एकाउन्ट सार्वजनिक गरेको बैंकले उल्लेख गरेको छ ।

laxmi

‘कारोबार अब अझ फटाफट’ भन्ने मुलनाराका साथ ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरुमा थुप्रै छुटहरुको साथ उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता संचालनमा ल्याएको छ ।

उक्त बचत खाता प्रबिधिको प्रयोग गरी अनलाइनको माध्यमबाट पनि खाता खोल्न सकिनेछ । यस बचत खाता खोल्दा ग्राहकलेब ६.५५ प्रतिशत वार्षिक ब्याजदरसहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा, बिओक इकम डलर कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य बैंकिङ्ग सेवाहरुमा धेरै छुटहरुको फाइदा उपयोग गर्न सक्नेछन् ।

थुप्रै छुट अनि धेरै सुबिधाहरुसहित बैंकले सार्वजनिक गरेको उक्त बचत खाताले ग्राहक महानुभावहरुको बैंकिङ्ग कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL