Logo

डलर सटहीमा राष्ट्र बैंकको थप कडाइ, सटहीमा आयस्रोत खुलाउनुपर्ने, बर्षमा २ पटकमात्रै पाईने

डलर सटहीमा राष्ट्र बैंकको थप कडाइ, सटहीमा आयस्रोत खुलाउनुपर्ने, बर्षमा २ पटकमात्रै पाईने



काठमाडौं । अब विदेश भ्रमणमा जानेले बर्षमा २ पटकमात्रै डलर सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले डलर सटहीसम्बन्धी एकिकृत परिपत्र २०७६ मा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।

laxmi

वैदेशिक मुद्रा संचिति संकुचनमा पर्ने थप भारलाई नियन्त्रण गर्न केन्द्रिय बैंकले यसअघि पनि आयातमा कडाईलगायतका निर्देशनहरु जारी गरिसकेको छ । सोहीअनुसार बुधबार डलर सटहीसम्बन्धी परिपत्रमा संशोधन गर्दै एक पटकमा १ हजार ५ सय डलरसम्म मात्रै डलर साट्न पाईने व्यवस्था गरेको हो ।

यस्तै अब डलर सटही सुविधा लिँदा स्रोतको सुनिश्चिततासमेत गर्नुपर्ने परिपत्रमा उल्लेख गरिएको छ । यस्तो डलर सटही सुविधा लिँदा राहदानीबाहक आफै गएर लिनुपर्नेसमेत परिपत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL