Logo

महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, २५० जनाको निशुल्क स्वास्थ्य परीक्षण

महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, २५० जनाको निशुल्क स्वास्थ्य परीक्षण



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

महाकाली जनज्योति आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्थानीय २ सय ५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी समेत प्रदान गरिएको बैंक महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्लाले बताए ।

महालक्ष्मी विकास बैंकले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र सोही अनुसार भीमदत्त–११ भुजेलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

उक्त शिविरमा महाकाली प्रादेशिक अस्पतालका डा। गोविन्द रोकाया लगायत १० जना स्वास्थ्यकर्मीको टोली रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL