GBIME

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, बैकिङ चेतना विस्तारमा सहयोग


बिजखबर संवाददाता
27 December, 2021 10:19 am

muktinath bikash

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत लुम्बिनी प्रदेशको विभिन्न स्थानहरुमा बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

NLIC
LAXMI

यस पुस महिनामा बैंकले कोटीहवा स्थित पशुपती स्कूल र कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । सोही कार्यक्रममा स्कूल र कलेजका विद्यार्थीहरु तथा शिक्षक,शिक्षकाहरुको सहभागीता रहेको थियो । त्यसै गरी बैंकले सुन्वाल, जारगह स्थित नेपाल प्रहरी युक्ति ट्रेनिङ सेन्टरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।

उक्त कार्यत्रमहरुमा बैंकिङ्ग सेवा सुविधा, डिजिटल बैंकिङ्ग प्रविधि, बचत खाता लगायत बैंकिंग क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधा बारे चेतना तथा पहुँच पुरयाउने उद्देश्य बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेशिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL