GBIME

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त, बैंकिङ क्षेत्रमा २६ बर्ष लामो अनुभव


बिजखबर संवाददाता
20 December, 2021 5:38 pm

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त, बैंकिङ क्षेत्रमा २६ बर्ष लामो अनुभव

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

NLIC
LAXMI

२०७० सालदेखि सानिमा बैंकमा कार्यरत पाण्डे असोज २०७८ देखि सानिमा बैंककै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका थिए । बैंकिङ क्षेत्रमा २६ वर्ष लामोे अनुभव संगालेका पाण्डे यस अघि नविल बैंकमा १८ वर्ष काम गरिसकेका छन् ।

कर्जाको विषयमा राम्रो विज्ञता राख्ने उनी बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको जिम्मेवारी निभाईसकेका छन् भने सानिमा क्यापिटलको संचालक रहिसकेका छन् । उनको कार्यकालमा बैंक थप सफलताको उचाईमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL