Logo

प्रभु बैंक र जेएससी एमएफआई इन्टेल एक्सप्रेसबीच रेमिट्यान्स सम्झौता, विभिन्न देशमा रहेका नेपालीलाई सहज

प्रभु बैंक र जेएससी एमएफआई इन्टेल एक्सप्रेसबीच रेमिट्यान्स सम्झौता, विभिन्न देशमा रहेका नेपालीलाई सहज



काठमाडौँ । प्रभु बैंकले आफ्नो विप्रेशणको दायरा विस्तार गर्ने सिलसिलामा प्रभु बैंक र जेएससी एमएफआई इन्टेल एक्सप्रेस बिच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता गरेको छ ।

laxmi

अर्मनिया, ग्रिस, जर्जिया, युके, साइप्रस, इटाली, मोल्डोवा, टर्की, उक्रेन, उज़बेकिस्थानमा बसोवास गरिरहेका नेपालीहरुले अब जेएससी एमएफआई इन्टेल एक्सप्रेस मार्फत नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई नेपाल भरि रहेका प्रभु बैंकका २१५ वटा शाखाहरु तथा प्रभु रेमिट्यान्सका १६ हजार भन्दा बढि एजेन्टहरुबाट सहजै भुक्तानी पाउन सक्नेछन् । साथै यो सेवा प्रभु बैंकको खातामा मात्रै सिमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताले बिशेष गरि विदेशमा रहेका नेपालीहरुले गुणस्तरिय रेमिट्यान्स तथा बैंकीङ्ग सेवा प्राप्त हुने बैंकले विश्वास लिएको छ । बैंकले हाल देशभर २१५ वटा शाखा कार्यालयहरु, ५८ भन्दा बढी एक्टेन्शन काउन्टर र १८९ वटा एटीएम मार्फत सेवा दिदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL