Logo

माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा विस्तार, सुरुङ्गाका व्यापारीलाई क्यूआर प्रदान

माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा विस्तार, सुरुङ्गाका व्यापारीलाई क्यूआर प्रदान



काठमाडौं । माछापुच्छ्रे बैंकले झापा सुरुङ्गाका स्थानीय व्यवसायीहरूलाई क्यूआर कोड हस्तान्तरण गरी डिजिटल कारोबार थालेको छ । नगदरहित कारोबार प्रर्वद्धन गर्ने र ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैंकिङ्ग सेवासम्म पहुँच पुर्याउने लक्ष्यका साथ सेवा शुरू गरिएको बैंकले जानकारी दिएको छ ।

कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले संयुक्त रूपमा सेवाको औपचारिक उद्घाटन गरेका हुन् । कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा डिजिटल बैंकिङ्ग अपरिहार्यताबारे प्रकाश पारेका थिए ।

बैंकको प्रदेश १ का प्रदेश प्रमुख दीपेन्द्रप्रसाद वाग्ले र दायित्व तथा बाह्य मामिला विभाग उप–प्रमुख प्रतिमा पाण्डेले स्थानीय व्यवसायीहरूलाई क्यूआर कोड र डिजिटल बैंकिङ्गबारे थप जानकारी दिएका थिए । उक्तक्युआर कोड सेवा शुरू भएसंगै ग्राहकहरूले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सीधै आफ्नो बैंक खाताबाट गर्न सक्ने बैंकले जनाएको छ ।

आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकका साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने लगायत थुपै सुविधाहरूको कारणले गर्दा क्यूआर कोड सेवाप्रति पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । माछापुच्छ्रे बैंकले पनि पछिल्लो समय देशका धेरैजसो स्थानहरूमा यो सेवा आक्रमक रूपमा विस्तार गरिरहेको छ ।

स्थापनाकालदेखि नै नयाँ प्रविधिमा आधारित सेवासुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध माछापुच्छ्रे«्रे बैंकले हालैमात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप संचालनमा ल्याएको छ । अन्य डिजिटल सेवाहरू, जस्तै ट- मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाइनमार्फत खाता एवम् मुद्धती खाता खोल्ने लगायत थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहकमाझ ल्याइसकेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL