Logo

विदेशी विनिमय कारोबारमा राष्ट्र बैंकले जारी गर्याे एकिकृत परिपत्र, यस्ता छन नयाँ व्यवस्था

विदेशी विनिमय कारोबारमा राष्ट्र बैंकले जारी गर्याे एकिकृत परिपत्र, यस्ता छन नयाँ व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबारका लागि भन्दै एकिकृत निर्देशन जारी गरेको छ । सोमबार बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकिकृत परिपत्र २०७६ को संशोधनसहितको निर्दैशिका जारी गरेको हो ।

laxmi

राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा प्रतीतपत्रमा उल्लिखित रकमको १० प्रतिशतभन्दा बढी हुने गरी संशोधन गर्नुपरेमा नियमानुसार गर्नुपर्ने अन्य कुराहरूका अतिरिक्त आफ्नो केन्द्रीय कार्यालयको समेत स्वीकृति लिनुपर्ने उल्लेख छ । तर, संशोधित रकम अमेरिकी डलर ५ हजार वा त्यस बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा वा सो भन्दा कम हुने भएमा त्यस्तो स्वीकृति लिन आवश्यक नपर्ने बताईएको छ ।

साथै, जारी भएको प्रतीतपत्रअन्तर्गत कागजात प्राप्त भई सोको भुक्तानी भई सकेपछि पुनः सोही प्रतीतपत्र संशोधन गर्न सकिने छैन । तर, यस्तो
व्यवस्था रिभल्भिङ्ग प्रतीतपत्रको हकमा लागू नहुनेसमेत उक्त निर्देशिकामा उल्लेख छ । यस्तै बैंकले आयात निर्यातका लागि आवश्यक प्रतितपत्रका लागि थप सहजीकरणसमेत उक्त निर्देशिकामार्फत गरिदिएको छ ।

यस्तो छ निर्देशिका :

[googleapps domain=”drive” dir=”file/d/1K0DKDYR6Fo2p_zpT2AHjI3fu-VTBkB4r/preview” query=”” width=”800″ height=”600″ /]

प्रतिक्रिया दिनुहोस्
MBL