Logo

सांग्रिला डेभलपमेन्ट बैंकको मुख्य प्रायोजनमा प्रथम नेपाल एपीएम खुल्ला टेबल टेनिस प्रतियोगितामा हुने

सांग्रिला डेभलपमेन्ट बैंकको मुख्य प्रायोजनमा प्रथम नेपाल एपीएम खुल्ला टेबल टेनिस प्रतियोगितामा हुने



काठमाडौँ । नेपाल एपीएम टेबल टेनिस क्लबको आयोजनामा हुन लागेको प्रथम नेपाल एपीएम खुल्ला टेबल टेनिस प्रतियोगिताको मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ । साथै यस प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ ।

उक्त प्रतियोगिता पुष १ देखि ३ सम्म भैसीपाटि ललितपुरमा हुने भएको छ । प्रतियोगितामा ३२० खेलाडीहरु सहभागि हुने छ । सहभागी हुने खेलाडी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका बिभागीय टोली संगै स्थानीय क्लबका पनि हुने छन् ।

टेबल टेनीस खेल बिकासको लागि सांग्रिला डेभलपमेन्ट बैंकले गरेको सहयोग उल्लेखनिय रहेको कुरा एपीएम टेबल टेनिस क्लबको प्रमुखले हार्दिक धन्यबाद तथा आभार ब्यक्त गरेका छन् । नेपालको खेलकुद बिकासको लागि साग्रिला डेभलपमेन्ट बैंकको सहयोग सुरुवातले नयां आयाम सृजना गरेको पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL