Logo

पुसमा निक्षेपको व्याजदर नबढाउने बैंकर्स संघको सहमति, विकास बैंक र फाइनान्सको राय मागिँदै

पुसमा निक्षेपको व्याजदर नबढाउने बैंकर्स संघको सहमति, विकास बैंक र फाइनान्सको राय मागिँदै



काठमाडौं । वाणिज्य बैंकहरुले पुसमा निक्षेपको व्याज नबढाउने भएका छन् । बाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स एसोसिएसनको शुक्रबार बसेको बैंठकले पुुस महिनाका लागि निक्षेपमा ब्याज नबढाउने सहमति गरेका हुन् ।

laxmi

बैंकरहरुले तरलता संकट बढेसँगै निक्षेप संकलनका लागि भन्दै कात्तिक र मंसिरमा ब्याज बढाएका थिए । निक्षेपमा ब्याज बढाएपनि सोही अनुरुप निक्षेप संकलन नभएपछि पुस महिनाका लागि थप ब्याज नबढाउने निष्कर्ष निकालेका हुन् ।

यस अघि बैंकहरुले निक्षेपमा ब्याज बढाएपनि पुसका लागि नबढाउने सहमति भएको बैंकर्स संघका सदस्य तथा माच्छापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाले जानकारी दिए । ‘बैंठकका बाणिज्य बैंकका सीईओहरुले निक्षेपमा ब्याजदर नबढाउँदा नै उपयुक्त हुने राय दिनुभएको छ,’ उनले भने, ‘अबका दिनमा विकास बैंक र फाइनान्स कम्पनीका सीईओहरुको संस्थासँग पनि राय माग्ने र सोही अनुरुप अघि बढ्ने सहमति भएको छ ।’

बिहीबार मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थ समितिको बैंठकमा तलरता अभावका कारण पुसमा बैंकको ब्याज बढ्न सक्ने बताएपनि बैंकर्स संघले भने निक्षेप नउठेको भन्दै थप ब्याज नबढाउने निष्कर्ष निकालेका हुन् । गत कात्तिकमा राष्ट्र बैंककले पुुसको लािग ९.३६ प्रतिशत आधारदर तोक्दै त्यसमा १० प्रतिशतसम्म निक्षेपमा ब्याज बढाएर उठाउन सक्ने व्यवस्था गरेको थियो । आजको बैंठकमा नेपालका २७ ओटा बाणिज्य बैंकमध्ये २५ ओटा बैंकका सीईओ तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL