Logo

सिभिल बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए शपथ, बैंकलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता

सिभिल बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए शपथ, बैंकलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता



सिभिल बैंकका नवनियुक्त अध्यक्ष प्रतापजंग पाण्डेले शपथ लिएका छन् । बैंकको ३६२औँ बैठकबाट अध्यक्षमा नियुक्त भएका पाण्डेले सोमबार गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका हुन् ।

बैंकको अध्यक्षमा शपथ लिएपछि अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने बताएका छन् । उनले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको पालना गर्दै संस्थालाई अगाडी बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यसका साथै, बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरूमा थप सशक्त रूपमा अगाडि बढाउने लक्ष्य रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL