Logo

गरिमा विकास बैंकको ऋणपत्रमा आवेदन दिने म्याद पुस १ सम्म थप, यसरी गर्न सकिन्छ आवेदन

गरिमा विकास बैंकको ऋणपत्रमा आवेदन दिने म्याद पुस १ सम्म थप, यसरी गर्न सकिन्छ आवेदन



काठमाडौं । गरिमा विकास बैंकले ऋणपत्रको विक्रि अवधि बढाएको छ । पहिलो चरणको निर्धारित समयमा ऋणपत्रमा आवश्यक आवेदन नपरेपछि पुस १ गतेसम्म समय थप गरेको हो ।

laxmi

यसअवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ । बैंकले मंसिर १६ गतेदेखि १ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला गरेको छ ।

यसले १ हजार रुपैयाँ दरको १० लाख कित्ता ‘८.७५५ गरिमा विकास बैंक डिबेन्चर २०८५’ जारी गरेको हो । यसमध्ये ४ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । सर्वसाधारणलाई छुट्याएकोमध्येबाट २० हजार कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ६ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यो सात वर्षे बन्दमुखी योजना हो । फन्डमा न्यूनतम २५ देखि १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ । फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL