Logo

ज्योति विकास बैंकद्वारा प्रिपेड डलर कार्ड सेवाको सुरुवात, अप्लाई गरेको एक दिनमै उपलब्ध हुने

ज्योति विकास बैंकद्वारा प्रिपेड डलर कार्ड सेवाको सुरुवात, अप्लाई गरेको एक दिनमै उपलब्ध हुने



काठमाडौं । ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । बैंकले आईतबार विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधासहितको उक्त कार्ड सार्वजनिक गरेको हो। बैंकका ग्राहकहरुले प्रिपेड डलरकार्ड अनलाइनबाटै अप्लाई गरी १ दिन भित्र भर्चुअल डलर कार्ड प्राप्त गर्न सक्नेछन्।

laxmi

बैंकले यहि मिति २०७८ साल मंसिर १९ गते देखि डिजिटल बैंकिङ सेवालाई लाई थप प्रर्वद्धन गर्दै अनलाईमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि अमेरिकी डलरमा आधारित प्रिपेड डलर कार्ड सेवा सुचारु गरेको छ।

प्रिपेड डलर कार्ड सेवा सुरु भए संगै बैंकका ग्राहकहरुले स्वदेशमै रहेर पनि अन्तर्राष्ट्रिय ई–कमर्श प्लाटफर्म मार्फत सुरक्षित ढंगले किनमेल गरि रकम भुक्तानी गर्न सक्नेछन्। भीसा नेटवर्कमा मा आधारित यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन किनमेल गरी भुक्तानी गर्न सक्नेछन्। डलर कार्ड प्राप्त गर्नका लागि केवाईसी विवरण अपडेट गरिएको बैंक खातासँगै प्यान कार्ड हुनुपर्नेछ । बैंकले कार्ड जारी गर्दा कार्ड शुल्क वापत निश्चित रकम लिनेछ र पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको छ।

यो सुविधा बैंकका देश भरिका १ सय ५ वटै शाखा कार्यालयहरु बाट र आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट मार्फत अनलाइनबाटै पनि आवेदन दिई प्राप्त गर्न सकिनेछ। साथै बैंकले डिजिटल बैंकिंग सेवालाई प्रर्वद्धन गर्दै हालसालै ओम्नी च्यानल अवधारणामा आधारित मोबाइल बैंकिङ्ग एप सुचारु गरेको थियो।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL