Logo

सिटिजन्स बैंक र होटेल सिटीपार्कबीच छुट सम्बन्धमा समझदारी

सिटिजन्स बैंक र होटेल सिटीपार्कबीच छुट सम्बन्धमा समझदारी



काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटेल सिटिपार्क प्राली जनकपुर बिच सिटिजन्स बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरूले होटेल सिटिपार्क प्रालीको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरूलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्म बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

मोबाइल बैङ्किङ मार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL