Logo

नेपाल बैंक र राष्ट्रिय बीमा संस्थानबीच कर्जा सम्झौता, संस्थानका कर्मचारी लाभान्वित हुने

नेपाल बैंक र राष्ट्रिय बीमा संस्थानबीच कर्जा सम्झौता, संस्थानका कर्मचारी लाभान्वित हुने



काठमाडौं । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानबीच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरुलाई बिना धितो १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । यो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानको सिफारिसको आधारमा त्यहां कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने छ ।

laxmi

बुधबार नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा उक्त सम्झौता सम्पन्न भएको छ । नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राष्ट्रिय बिमा संस्थानका प्रशासक कवि प्रसाद पाठकको रोहवरमा नेपाल बैंक लिमिटेडका तर्फबाट काठमाडांै बैंकिङ् अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बिमा संस्थानका तर्फबाट व्यवस्थापक भोला नाथ घिमिरेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेल, रिटेल कर्जा बिभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ्ग तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलका साथै राष्ट्रिय विमा संस्थानका तर्फबाट सह–व्यवस्थापक रेशमकृष्ण सोम पौडेल, सह–व्यवस्थापक शिशिर चन्द्र देवकोटा र सहायक ब्यवस्थापक आशिष राई लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL