Logo

एनसीसी बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

एनसीसी बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनससिी) ले शेयरधनीहरूलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको मंसिर १४ गते मंगलबार बसेको ८७३ औं सञ्चालक समतिको बैठकले गत आर्थिक बर्ष २०७७र७८ को वित्तीय विवरण स्वीकृत गरी हालको चुक्ता पुँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६८० रुपैयाँबाट लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकका अनुसार शेयरधनीले चुक्ता पुँजीको ८ प्रतिशत बोनश शेयर र सोमा लाग्ने कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् ।

उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको साधारण सभाले पारित गरेपछि वितरण गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL