Logo

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा भक्तपुर कमलविनायकमा, शाखा संख्या २५६ पुग्यो

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा भक्तपुर कमलविनायकमा, शाखा संख्या २५६ पुग्यो



काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भक्तपुर जिल्लाको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायक विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

laxmi

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् ।

उक्त अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिका लगायत सरकारी कार्यालयहरुको सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंक मार्फत गर्ने सोच रहेको बताए ।

उनले भक्तपुर जिल्ला धार्मिक, पर्यटकीय र कृषि क्षेत्रमा आधारित भएकाले सोही अनुसारको व्यवसाय विस्तार गर्नुपर्ने बताए । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL