Logo

बुटवलमा कामना सेवा विकास बैंकको क्षेत्रीय कार्यालयको समुद्घाटन

बुटवलमा कामना सेवा विकास बैंकको क्षेत्रीय कार्यालयको समुद्घाटन



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं ६, पुष्पलालपार्क स्थित शाखा कार्यालय रहेको भवनमा नै आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।

laxmi

बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भिम प्रसाद तुलाचनले मंगलबार एक समारोहका बीच उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको एकसाथ संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।

सेवाग्राही ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सो स्थानमा अत्याधुनिक सुविधा सम्पन्न शाखा कार्यालय स्थापना गरेको बैंकले जनाएको छ । यो शाखा सञ्चालनमा आएसँगै बैंकिङ सेवा अझै सहज र छरितो हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL