Logo

गरिमा विकास बैंकको १५ औं स्थापना दिवस : एकैपटक ५ नयाँ शाखा विस्तार

गरिमा विकास बैंकको १५ औं स्थापना दिवस : एकैपटक ५ नयाँ शाखा विस्तार



काठमाडौं । गरिमा विकास बैंकले आफ्नो १५ औं स्थापना दिवसका अवसरमा ५ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले मंगलबार पथरी शाखा (मोर’), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथ कारोबार संचालनमा ल्याएको हो । यस सँगै गरिमा विकास बैंकको शाखा संख्या १ सय १५ पुगेको छ ।

laxmi

यस्तै बैंकले सोही अवसरमा लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ’, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा पनि वृहत रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । काठमाडौंमा सम्पन्न भएको रक्तदान कार्यक्रममा बैंकले ओम् हस्पिटल एण्ड रिसर्च सेन्टर सँग सहकार्य गरेको हो । उक्त कार्यक्रमबाट १ हजार १ सय ५५ प्वाइन्ट रगत संकलन भएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL