Logo

महालक्ष्मी विकास बैंक र ओपियम रेष्टुरेन्टबीच समझदारी, बैंकका ग्राहकलाई विषेश छुट

महालक्ष्मी विकास बैंक र ओपियम रेष्टुरेन्टबीच समझदारी, बैंकका ग्राहकलाई विषेश छुट



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र ओपियम रेष्टुरेन्ट एण्ड बार बीच छुट दिने विषयमा सम्झौता भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र दरबारमार्ग, काठमाण्डौं स्थित ओपियम रेष्टुरेन्ट एण्ड बार बीच सहकार्य गर्ने सम्बन्धी सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

laxmi

उक्त सम्झौता पश्चात यस बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहक, मोबाइल बैंकिङ्ग प्रयोगकर्ता एबं कर्मचारीहरुले ओपियम रेष्टुरेन्ट एण्ड बारको विभिन्न सेवाहरुमा विषेश छुट पाउनेछन् ।

सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL