Logo

सांग्रिला डेभलपमेन्ट बैंकको थप दुई शाखा विस्तार, शाखा संख्या १०४ पुग्यो

सांग्रिला डेभलपमेन्ट बैंकको थप दुई शाखा विस्तार, शाखा संख्या १०४ पुग्यो



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले झापाको दमक र दाङ्गको घोराही नारायणपुरमा शाखा विस्तार गरेको छ । बैंकले दुबै स्थानमा सोमबार शाखा विस्तार गरेको हो ।

laxmi

उक्त शाखा विस्तारसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०४ पुगेको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL