Logo

सिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व, सेतो छडी वितरणको लागि आर्थिक सहयोग प्रदान

सिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व, सेतो छडी वितरणको लागि आर्थिक सहयोग प्रदान



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २०७८ कार्तिक २८ गते आइतबारको दिन काठमाडौंस्थित अपाङ्गता संरक्षण नेपाललाई सामाजिक उत्तरदायित्व अन्तर्गत १०० वटा सेतो छडीको लागि ९० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

laxmi

सो रकम बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले अपाङ्गता संरक्षण नेपालका अध्यक्ष बिरोध खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त उक्त सहयोगबाट अपाङ्गता संरक्षण नेपालले आउँदो मंसिर १७ गते अपाङ्गता दिवसको अवसरमा दृष्टिविहिन व्यक्तिहरूलाई सेतो छडी प्रदान गर्न प्रयोग गर्नेछ । अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार तथा जीवनस्तर सुधारको लागि काम गर्दै आईरहेको उक्त संस्थालाई पुर्याएको सो रकम सहयोगबाट दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरूलाई गतिशीलता तथा स्वतन्त्रताका साथ आफ्ना दैनिकी दिनचर्या पूरा गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL