Logo

गरिमा विकास बैंक र सहारा विकास बैंकको एकीकृत कारोवार शुरु, १११ वटा शाखा कार्यालय पुग्यो

गरिमा विकास बैंक र सहारा विकास बैंकको एकीकृत कारोवार शुरु, १११ वटा शाखा कार्यालय पुग्यो



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नंं. २ लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडमा सर्लाही जिल्ला मलंगवा वडा नं. ९ मा केन्द्रिय कार्यालय रहेको साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति भई गरिमा विकास बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुभारम्भ भएको छ ।

laxmi

प्राप्तिपश्चात विकास बैंकको जारी तथा चुक्ता पूँजी तीन अर्व चौरानब्बे करोड एकासी लाख त्रियासी हजार एक सय पाँच र आठ पैसा मात्र पुग्ने छ । प्राप्ति पश्चात विकास बैंकको केन्द्रिय कार्यालय काठमाडौं महानगरपालिका वडा नं. २ लाजिम्पाटमा तथा एक्टेन्सन काउन्टर सहित १११ वटा शाखा कार्यालय हुनेछ ।

प्राप्ति प्रश्चात बैँकले शेयरधनी, सेवाग्राही, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवालाहरुको सन्तुष्टिमा गुणात्मक वृद्धि भई समाजमा बैँकिङ् क्षेत्रप्रतिको जनविश्वास अझ दरिलो बन्दै जाने विश्वास लिइएको छ । आइतबार सर्लाही जिल्ला मलंगवामा आयोजित एकिकृत कारोवार शुभारम्भ समारोह प्रदेश २ महिला वालवालिका एवं युवा तथा खेलकुद मन्त्री माननीय विरेन्द्र प्रसाद सिंहले समुद्धघाटन गरेका छन् । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल पनि उपस्थित रहेका थिए ।

सो कार्यक्रममा संचालक डा. आनन्द प्रसाद श्रेष्ठले सबै उपस्थितलाई धन्यवाद दिएका छन । साविक सहारा विकास बैँक लिमिटेडका अध्यक्ष सुगन्ध कुमार गुप्ताले सम्पूर्ण शेयरधनी, कर्मचारी तथा सरोकारवाला लगायत सम्पूर्णको मद्दतले प्राप्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा सम्पूर्णलाई धन्यबाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL