Logo

हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता, बैंकका ग्राहकले अत्याधुनिक डिजिटल भुक्तानी सेवा पाउने

हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता, बैंकका ग्राहकले अत्याधुनिक डिजिटल भुक्तानी सेवा पाउने



काठमाडौँ । हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउस बीच सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकबाट स्विकृत प्राप्त गरी नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले संचालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपालपे क्युआर संचालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुबिधाहरु उपलब्ध गराउन हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउस बिच मिति २०७८ साल कार्तिक २३ गते एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

laxmi

उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंक हिमालयन बैंक भएकोले नेशनल पेमेन्ट स्वीचले ल्याएको यस सुबिधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ्ग कारोबार पुरा गर्न सकिने विश्वास बैंकले लिएको छ । 

ग्राहकहरुले नेपालपे क्युआर उपलब्ध भई संचालनमा ल्याउने सबै मर्चेन्टहरुबाट सहज र सरलरुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको  डिजिटल भुक्तानी गर्न सक्नेछन् । यसका साथै बैंकले नेशनल पेमेन्ट स्वीच मार्फत नेपाल क्लियरिङ्ग हाउसले उपलब्ध गराउने अन्य सेवाहरु पनि क्रमिक रुपमा उपलब्ध गराउने छ ।  

नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई संचालनमा आएको उक्त नेपालपे क्युआर एक उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकोले बैंकका ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने छन् । यस प्रणालीमा आवद्ध भए पश्चात ग्राहकहरुले नगदै भुक्तानी गर्नु पर्ने झण्झटबाट मुक्त हुनेछन् । 

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL