Logo

१७ दिनमै बैंकिङ प्रणालीबाट बाहिरियो ३१ अर्ब, बैंकको कर्जा दिने क्षमता ०.१३ प्रतिशत मात्रै

१७ दिनमै बैंकिङ प्रणालीबाट बाहिरियो ३१ अर्ब, बैंकको कर्जा दिने क्षमता ०.१३ प्रतिशत मात्रै



काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीबाट निक्षेप बाहिरिने क्रम बढेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार पछिल्लो १७ दिनमा मात्रै नेपालका बाणिज्य बैंकबाट ३१ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ ।

laxmi

बैंकर्स संघको तथ्याङ्क अनुसार असोज मसान्त सम्ममा बाणिज्य बैंकहरुसँग ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर कात्तिक तेस्रो साता अर्थात १७ गतेसम्ममा उक्त निक्षेप घटेर ४२ खर्ब ३८ अर्ब रुपैयाँमा सिमित हुन पुगेको छ ।

पछिल्लो समय बैंकहरुलाई अनावश्यक रुपमा कर्जा विस्तार गरेरको आरोप लागिरहँदा उनीहरुले प्रबाह गर्ने कर्जा भने रोकिएको छैन । बैंकहरुले निक्षेप संकलन गर्न नसकेपनि सो अबधिमा थप २७ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । असोज मसान्तसम्मा बाणिज्य बैंकहरुले कुल ३९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेकोमा कात्तिक १७ सम्म आईपुग्दा उक्त कर्जा २७ अर्बले विस्तार भई ४० खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकबाट निक्षेप बाहिरिने र कर्जा भने थप प्रबाह भइरहँदा अबका दिनमा बैंकहरुको नयाँ कर्जा दिनसक्ने क्षमता एकदमै न्यून रहेको छ । नेपाल राष्ट्र बैंकको प्रवाबधान अनुसार बैंकको सीडी रेसियो ९० प्रतिशत हुनुपर्छ । तर अहिलेनै बैंकको सीडी रेसियो ८९.८७ प्रतिशत पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL