Logo

सिटिजन्स बैंकका ग्राहकले सोवा हेल्थकेयरमा विशेष छुट पाउने, समझदारीपत्रमा हस्ताक्षर

सिटिजन्स बैंकका ग्राहकले सोवा हेल्थकेयरमा विशेष छुट पाउने, समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर प्रालि एकान्तकुनाबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

laxmi

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले सोवा हेल्थकेयर सेन्टरको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।  

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्गमार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा, १२३  वटा एटिएम र ११२ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२  लाख ५० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL