Logo

नबिल बैंक र सहजबीच सम्झौता, कृषि उद्यमलाई प्रवर्द्धन गर्न सहकार्य हुने

नबिल बैंक र सहजबीच सम्झौता, कृषि उद्यमलाई प्रवर्द्धन गर्न सहकार्य हुने



काठमाडौँ । नबिल बैंक र सहजबिच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, अनिल केशरी शाह र स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर, सञ्जय कार्कीले एक विशेष समारोहकाबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

ग्राहकलाई गुणस्तरीय र नवीनतम बैंकिङ सेवा प्रदान गर्ने बैंकले स्विस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्रद्वारा कार्यान्वयन गरिएको स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) परियोजना सहज बिच प्रदेश नं. १ मा वित्तीय समावेशीकरण वृद्धि गरी कृषि उद्यम प्रवर्द्धन गर्दै कृषि क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले उक्त सम्झौता गरेको र सोही अनुसार बैक र सहज बिच परियोजना तयार गरिएको छ ।

परियोजनाको सम्बन्धमा बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले “नबिल बैंकले सदैव वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको र कृषि क्षेत्रमा गरिने कर्जा प्रवाहले नेपालको अर्थतन्त्रको दिगो विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

त्यस्तै स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले “जनता र समुदायको जीवनमा सुधार गर्ने दिगो अवसरहरू सिर्जना गर्न एवं त्यसलाई आकार दिन निजी क्षेत्रका संस्थाहरू र सम्बन्धित सरोकारवालाहरूसँग साझेदारीमा स्विस कन्ट्याक्ट नेपाल विश्वास गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL