Logo

कामना सेवा विकास बैंकका सेयरधनीलाई १९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

कामना सेवा विकास बैंकका सेयरधनीलाई १९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव पारित



काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समितिले सेयरधनीलाई १९.४७ प्रतिशत लाभांश दिन गरेको प्रस्ताव १५ औं वार्षिक साधारणसभाले पारित गरेको छ ।

laxmi

बैंक सञ्चालक समितिले हाल कायम चुक्तापूँजीको १८.५० प्रतिशतका दरले बोनस शेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.९७ प्रतिशत समेत गरी कुुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव साधारण सभामा पेश गरेको थियो ।

साधारणसभामा बैंकको चुक्तापूँजीको झण्डै ५४.७४ प्रतिशतभन्दा बढी सेयरधनीको प्रतिनिधित्व हुनेगरी २५० जना सेयरधनीहरूको भौतिक उपस्थिति रहेको बैंकले जानकारी दिएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट सेयरधनीहरूलाई पारित गरेको हो ।

बैंकले आ.व. २०७८÷०७९ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक पीकेएफ टिआर उपाध्याय एण्ड कम्पनीलाई नियुक्त गरेको छ ।

साधारणसभाबाट संस्थापक समूहबाट सुदीप आचार्य, भीमप्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधारण समूहतर्फबाट देवकृष्ण काफ्ले, विश्वेश्वर सुवेदी र बलराम बराल निर्विरोध निर्वाचित भएका छन् । आजै बसेको सञ्चालक समिति बैठकले सुदीप आचार्यलाई अध्यक्षमा चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL