Logo

बैंक अफ काठमाण्डूका कार्ड बाहकलाई दराजमा बिशेष छुट

बैंक अफ काठमाण्डूका कार्ड बाहकलाई दराजमा बिशेष छुट



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकले दराजको ११.११ योजनामा ३ हजार ५ सयसम्म छुट पाउने भएका छन् ।

laxmi

बैंकले आफ्नो कार्डबाहकलाई ३ हजार ५ सयसम्मको विशेष छुटको योजना ल्याएको हो । जस अन्तर्गत दराजको ११.११ योजनामा बैंकको कार्डबाहकले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम् ३ हजार ५ सयसम्मको छुटको सुबिधा पाउने भएका हुन ।

बैंकको कार्डबाहकले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेका १५ प्रतिशत वा अधिकतम ३ हजार सम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेका १५ प्रतिशत वा अधिकतम ३ हजार ५ सयसम्म छुटको पाउने छन् ।

यो योजनामा बैंकको कार्डबाहकले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी ३ हजार ५ सयसम्मको छुटसहित विभिन्न किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL