Logo

महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ सेवा अब ओम्नी च्यानलमा

महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ सेवा अब ओम्नी च्यानलमा



काठमाडौं । महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक BankXP System मा स्तरोन्नत्ती गर्दै उक्त सेवाको शुमारम्भ गरेको छ ।

laxmi

यस बैंकले प्रदान गर्दै आएको मोबाइल बैंकिङ्ग सेवालाइ थप प्रविधिमैत्री एवंम समय सापेक्ष बनाउने उद्देश्यका साथ हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गरिएको हो । यसबाट ग्राहक महानुभावहरुलाई डिजिटल कारोवार गर्दा सहज हुनुका साथै छिटो, छरितो, चुस्त तथा दुरुस्त हुने विश्वास यस बैंकले लिएको छ ।

यस सेवाको सुरुवात सँगै अब ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सुविधा मोबाइलका साथै वेब ब्राउजरका माध्यमबाट समेत लिन सक्नुहुनेछ । यसका साथै यस सेवामा अनेकन अत्याधुनिक विशेषताहरु छन् । यस सेवाअन्तर्गत बैंकमा खाता नै नभएका महानुभावहरुले समेत बैंकिङ्ग कारोबार गर्न सक्नुहुनेछ । यस सेवामा रहेको ई क्यास सुविधा अन्तर्गत यस बैंकमा खाता नभएका ग्राहक महानुभावलाई मोबाइल नं को आधारमा रकम पठाउन सकिने प्रबन्ध मिलाईएको छ । यसका साथै ई भौचर सुविधाले बैंकमा आएर भौचर भर्नुपर्ने अवस्थाको समेत अन्त्य गर्ने छ ।

घरमा नै बसीबसी सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्ले सञ्चालनमा ल्याईएको यस सेवा अन्तर्गत ग्राहकहरुले मुद्दती खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोडमार्फत भुक्तानी गर्ने लगायतका विभिन्न उपयोगी सेवाहरु प्राप्त गर्न सक्नेछन् । बैंकको २१ औं वार्षिक साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन पनि आवश्यक छलफलपश्चात पारित गरेको छ ।

आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्म बैंकले कुल निक्षेप परिचालन १ खर्ब ५७ अर्ब १७ तथा कुल कर्जा रकम एक खर्ब ४३ अर्ब ७७ करोड रुपैयाँ प्रवाह गरेको जानकारी दिएको छ । संचालन मुनाफा तीन अर्ब १९ करोड तथा खुद मुनाफा एक अर्ब ९७ करोड रुपैयाँ आर्जन गरेको बैंकले जनाएको छ । बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिर गरी १९६ शाखा सञ्जाल, १७५ एटीएम्, १४ एक्स्टेन्सन काउन्टरका साथै ३३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत सेवा सञ्चालन गरिरहेको छ

प्रतिक्रिया दिनुहोस्
MBL