Logo

नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने, वाणिज्य बैंकमध्ये सर्वाधिक लाभांश

नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने, वाणिज्य बैंकमध्ये सर्वाधिक लाभांश



काठमाडौं । नबिल बैंकले अहिलेसम्म लाभांश घोषणा गरेकाहरु मध्ये सार्वधकि लाभांश घोषणा गरेको छ । बैंकले बोनस र नगद गरि ३८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

laxmi

बैंकले गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्तापुँजीको ३३.६ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ४.४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

बैंकको सञ्चालक समितिको ५७९ औं वैठकले यस्तो निर्णय गरेको हो । बैंकले गत वर्ष बैंकले ३५.२६ प्रतिशत लाभांश दिएको थियो । कोरोना महामारीमाझ बैंकले नाफा बढाउँदा लाभांश पनि बढाएको हो ।

घोषित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको वार्षिक साधारणसभामा लगानीकर्तालाई वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL