Logo

यस्तो छ सनराइज, एनएमबी, सिभिल, कुमारी, हिमालय, सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट र नेपाल बंगलादेश बैंकको वित्तिय विवरण

यस्तो छ सनराइज, एनएमबी, सिभिल, कुमारी, हिमालय, सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट र नेपाल बंगलादेश बैंकको वित्तिय विवरण



सनराइज बैंकले बढायो खुद नाफा

नराइज बैंकले खुद नाफा बढाएको छ । बैंकको ब्याज आम्दानी भने सामान्य घटेको छ । बैंकले अरु आम्दानीमा वृद्धि गरेर खुद नाफा बढाएको हो । बैंकले चालु बर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा साढे १२ प्रतिशतले नाफा बढाएर तीन महिनामा ४३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको खुद ब्याज आम्दानी आधा प्रतिशतले मात्रै घटेर ९२ करोड ३२ लाख रुपैयाँ भएको छ।

laxmi

एनएमबि बैंकको वितरणयोग्य नाफा करिब ४६ करोड

एनएमबि बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. १ अर्ब ४ करोड ४४ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ४२ दशमलव ४९ प्रतिशत बढी भएको हो । गत वर्ष यो अवधिसम्म बैंकको खुद नाफा रू. ७३ करोड २९ लाखभन्दा बढी थियो । यस वर्ष सञ्चालन नाफा पनि ३९ दशमलव ४७ प्रतिशत बढी रू. १ अर्ब ४७ करोड ६८ हजार भएको छ । पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. ४५ करोड ८४ लाख ५२ हजार रहेको छ । वितरणयोग्य नाफामा भने यो वर्ष कमि आएको हो । गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ५१ करोड ९१ लाखभन्दा बढी थियो ।

सिभिल बैंकको नाफा २०१ प्रतिशतले बढ्यो

सिभिल बैंकले चालु आर्थिक वर्ष २०७८-७९ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २९ करोड१८ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिमा २०१.८७ प्रतिशतले बढी हो । गत वर्षको उक्त अवधिमा बैंकले ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकले ९० करोड ६९ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको असोज मसान्तको तुलनामा ८०.५२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले ५० करोड २३ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको चुक्ता पुँजी ८ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा १ अर्ब ५२ करोड २० लाख १४ हजार रुपैयाँ राखेको छ ।

कुमारी बैंकको नाफा ५४ करोड बढी

कुमारी बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ५४ करोड बढी नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आवको असोज मसान्तसम्म ५४ करोड ११ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ ।
जुन गत आर्थिक वर्षको सोही अवधिमो तुलनामा भने १०.१९ प्रतिशतले कमी हो । गत आवको असोज मसान्तसम्म बैंकले ६० करोड २५ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो ।चालु आवको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब २८ करोड ६९ लाख ३३ हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा भने २.१८ प्रतिशतले कमी हो ।

हिमालयन बैंकको नाफा २३.७६ प्रतिशत बढ्यो

हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड २८ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २३.७६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिसम्म बैंकले ३६ करोड ५९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो ।

सिटिजन्स बैंकको खुद नाफा ३३ प्रतिशतले बढ्यो

सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आउदा बैंकको नाफामा सुधार भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ३३.३२ प्रतिशतले बढेर ६८ करोड ७३ लाख रुपियाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको नाफा ५१ करोड ५५ लाख रुपियाँ थियो ।
यस अवधिसम्म आउदा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । यसकारण पनि बैंकको नाफा बढेको हो । समीक्षा अवधिमा बैंकले एक अर्ब २० करोड २० लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ ।

नेपाल इन्भेष्टमेन्टले बढायो ४८ प्रतिशतले नाफा

नेपाल इन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ४८ प्रतिशतले बढाउन सफल भएको छ । यो बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यसले चालू आवको पहिलो त्रैमासमा ९२ करोड ३७ लाख रुपियाँ खुद नाफा कमाएको छ ।

यसको ब्याज आम्दानी गत वर्षको तुलनामा २७ करोड रुपियाँले घटेको छ । बैंकको खुद व्याज आन्दानी २१.७० प्रतिशतले घटेको छ । ब्याज आम्दानी घटेपनि अरु सूचकमा भएको सुधारले बैंकले नाफा कमाउन सकेको देखिन्छ । खुद ब्याज आम्दानी एक अर्ब ६३ करोडबाट एक अर्ब २७ करोडमा झरेको छ ।

नेपाल बङ्गलादेश बैंकले कमायो ४१ करोड नाफा

नेपाल बङ्गलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ४१ करोड १६ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५७ करोड ११ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL