Logo

नबिल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता, उद्यमशीलता विकासका लागि सहकार्य गर्ने

नबिल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता, उद्यमशीलता विकासका लागि सहकार्य गर्ने



काठमाडौं । उद्यमशीलता विकास तथा वित्तीय पहुँचका लागि नबिल बैंक र पोखरा विश्वविद्यालयबीच सहकार्य हुने भएको छ । हालैमात्र एक कार्यक्रमकाबीच बैंक र विश्वविद्यालयबीच सहकार्यको सहमति भएको हो ।

laxmi


बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको तर्फबाट मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नबिल बैंकले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रम (ब्याचलर्स अफ इन्टरपिनरसिप डेभलपमेन्ट –बीईडी प्रोगाम) अन्तर्गतका उद्यमशील परियोजना संचालन गरिरहेका उद्यमी विद्यार्थीहरुलाई कर्जा उपलब्ध गराई उद्यमशीलता विकास गर्ने रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सम्झौताले नबिल बैंक र पोखरा विश्वविद्यालयको सम्बन्धमा नया आयाम थपेको बताए । उद्यम गर्ने सोच सँगै त्यस सम्बन्धी ज्ञान हासिल गरेका युवाहरुमा रोजगारी र उद्यमशीलता विकास गरि बैंकले सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL