Logo

एभरेष्ट र एनएमबी बैंकले पनि गरे लाभांस घोषणा, कसको कति ?

एभरेष्ट र एनएमबी बैंकले पनि गरे लाभांस घोषणा, कसको कति ?



काठमाडौं । पछिल्लो समय बैंकहरुले आफ्ना सेयरधनीहरुका लागि लाभांस घोषणा गर्ने क्रम जारी छ । बैंकहरुले गत आर्थिक बर्षको कुल मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांसको प्रस्ताव नेपाल राष्ट्र बैंकसमक्ष पठाईसकेका छन् । यीमध्ये एभरेष्ट बैंक र एनएमबी बैंकले पनि आफ्ना लगानीकर्ताहरुलाई लाभांसको घोषणा गरेका छन् ।

laxmi

एभरेष्ट बैंक

एभरेष्ट बैंकले आफ्ना लगानीकर्ताहरुलाई गत आर्थिक बर्षको नाफाबार्ट १० दशमलव ४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
गत शुक्रबार बसेको बैंकको संचालक समितिको बैठकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४ दशमलव ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउने छन् । हाल चुक्ता पुँजी ८ अर्ब ८९ करोड ३७ लाख १७ हजार रुपैयाँ रहेको बैंकको लाभांश वितरणपश्चात् चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।

एनएमबी बैंक

एनएमबी बैंकले पनि लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट १५ दशमलव ८ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । बैंकको गत शुक्रबार बसेको बैठकले आफ्ना लगानीकर्ताहरुलाई १२ दशमलव ५ प्रतिशत बोनस सेयर र ३ दशमलव ३ प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्ताति लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन् ।

हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL