Logo

सिद्धार्थ बैंकले गर्यो १५ प्रतिशत लाभांश प्रस्ताव, नगदभन्दा बोनस सेयरमै जोड

सिद्धार्थ बैंकले गर्यो १५ प्रतिशत लाभांश प्रस्ताव, नगदभन्दा बोनस सेयरमै जोड



काठमाडौं । सिद्धार्थ बैंकले लगानीकर्ताका लागि १५ प्रतिशत लांभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७७–७८ को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

laxmi

बैंकले हाल कायम चुक्तापूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्तापूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय बैंकको कात्तिक ७ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL