Logo

नेपाल बैंक लिमिटेडले १७ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

नेपाल बैंक लिमिटेडले १७ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैैंकले बोनस सेयर र नगद लाभांश गरी चुक्ता पुँजीको १७ प्रतिशत बोनस दिने भएको छ ।

laxmi

बैंक सञ्चालक समितिको आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र करसहित ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ । हाल १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी बोनस शेयर वितरणपश्चात १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्
MBL