Logo

मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड २०२१’ बाट सम्मानित, एसएमईमा गरेको लगानीको कदर

मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड २०२१’ बाट सम्मानित, एसएमईमा गरेको लगानीको कदर



काठमाडौं । मुक्तिनाथ विकास बैंक ग्लोबल एसएमई अवार्ड २०२१ बाट सम्मानित भएको छ । बैंकले साना तथा लघुवित्त क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गरेकाले विश्व बैंक समूहको अन्तराष्ट्रिय बित्त निगम –आईएफसी तथा एसएमई फाईनान्स फोरुमले आयोजना गरेको अवार्डबाट सम्मानित भएको हो ।

laxmi

दुई संस्थाले आयोजना गरेको ग्लोबल पार्टनरसीप फर फाईनान्सीयल इन्क्लुजन (जीपीएफआई) कार्यक्रममा साना तथा लघुबित्त क्षेत्रमा काम गरिरहेका विश्वभरीका विभिन्न सँघसंस्थाहरु प्रतिस्पर्धामा सहभागी भएका थिए ।

साना तथा लघुवित्त क्षेत्रमा मुक्तिनाथ विकास बैंकले पुर्याएको योगदानको कदर गर्दै मुक्तिनाथ विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको बैंकले जानकारी दिएको छ ।

उक्त सम्मानले बैंकलाई भविष्यमा साना तथा लघुबित्त क्षेत्रमा थप योगदान गर्नको लािग उत्साहित बनाएको बैंकले जानकारी दिएको छ । बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL