Logo

नेपाल बङ्गलादेश बैंकद्वारा दुर्घटना बीमा भुक्तानी, ग्राहकको आश्रित परिवारको लागि राहत

नेपाल बङ्गलादेश बैंकद्वारा दुर्घटना बीमा भुक्तानी, ग्राहकको आश्रित परिवारको लागि राहत



काठमाडौं । नेपाल बङ्गलादेश बैंकद्वारा रु. १ लाखको दुर्घटना बीमा भुक्तानी गरेको छ ।

laxmi

बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दावी रकम रु. १ लाख ग्राहक स्व. दिनेश श्रेष्ठको बुवा कालिदास श्रेष्ठलाई प्रदान गरेको हो ।

स्व. दिनेशले नेपाल बंगलादेश बैंक, धुन्चे शाखामा बचत खाता खोली कारोबार गर्दै आएका थिए ।

उक्त रु. १ लाखको चेक बैंकको धुन्चे शाखाका शाखा प्रमुख रामेश्वर घिमिरेले स्व. दिनेशका बुवा कालिदासलाई हस्तान्तरण गरेका छन् ।

यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL